शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

डडेलधुरामा माओवादी केन्द्रले उम्मेदवार टुंग्यायो (नामावलीसहित)

शनिबार, २० जेठ २०७४, १६ : २६
शनिबार, २० जेठ २०७४
करन ताम्राकार डडेल्धुरा, जेठ २०– दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) डडेल्धुराले उम्मेदवारको टुंङ्गो लगाएको जनाएको छ । जिल्ला संयोजक मानसिंह माल (क्रान्ति) का अनुसार डडेल्धुरा जिल्लाका ५ वटा स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा भने उम्मेदवार टुंगो लगाउन बाँकी छ । माओवादी केन्द्रले अमरगढी नगरपालिकाको मेयरमा र उपमेयरमा धेरै आकांक्षी भएकाले प्रमुख र उपप्रमुखको टुङ्गो लगाउन सकेको छैन । वडाध्यक्षका उम्मेदवार भने पनि तय गरिएको छ । यस्तै, परशुराम नगरपालिकाको मेयरमा शेरसिंह माल (डायमण्ड) र उपमेयरमा बिम्ला महतलाई उम्मेदवार बनाउने केन्द्र निर्णय गरेको छ । यसैगरी, आलिताल गाउँपालिकाको माओवादी केन्द्रका पोलटव्युरो सदस्य जगत पार्कीलाई अध्यक्षको उम्मेदबार बनाएको छ भने उपाध्यक्षमा सुशीला खत्री उम्मेदवार बनाएको छ । अजयमेरु गाउँपालिकामा अध्यक्षका उम्मेदवार पनि र केन्द्रले चयन गरेको छ । पूर्व जिल्ला सचिव उमेशप्रसाद भट्ट (विकास) लाई अध्यक्ष र उपाध्यक्षमा कलावती कुमाल उम्मेदवार चयन गरेको छ । यस्तै, गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा ईश्वरी भण्डारी र उपाध्यक्षमा उम्मेदवार चयन गर्ने निर्णय बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ । भागेश्वर गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश साउद उम्मेदवार चयन गरेको छ भने उपाध्यक्ष चयन गर्न बाँकी रहेको छ । नवदुर्गा गाउँपालिकामा भने उम्मेदवार चयन गर्न बाँकी रहेको नेकपा (माओवादी केन्द्र) डडेल्धुरा जिल्ला संयोजक मानसिंह माल क्रान्तिले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप