अध्यापिका घलेको निधन
शनिबार, २० जेठ २०७४, १६ : २६
काठमाडौँ, २० जेठ । त्रिभुवन त्रिशूली माविका पूर्वअध्यापिका जानुकादेवी घलेको आज बिहान ७३ वर्षका उमेरमा बे्रन स्ट्रोकबाट निधन भएको छ ।
उनी केही दिनअघिदेखि यहाँस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत् थिइन् । नेपाली र अङ्ग्रेजी विषयका अध्यापिका घलेले करिब ३८ वर्ष सो विद्यालयमा अध्यापन गर्नुभएको विद्यालयका स्टोरकिपर तथा प्रशासक प्रेमराज श्रेष्ठले जानकारी दिए ।
सम्भवतः उनीनुवाकोटको प्रथम अध्यापिका थिइन । त्रिविबाट विसं २०३५ मा नेपाली, अङ्ग्रेजी विषयमा बिएड उत्तीर्ण गरेकी उनले विद्यालयबाट कदरपत्र, जिल्ला शिक्षा कार्यालयबाट शिक्षा दिवस पुरस्कार तथा नेपाल शिक्षक सङ्घबाट अभिनन्दन पनि ग्रहण गरेकी थिइन ।
उनका दुई छोरा र एक छोरी छन् । स्वयम्भूमा अन्त्येष्टि गरिएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण