शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तीन नमुना बस्तीपछि धुर्मुस–सुन्तलीको नयाँ प्रोजेक्ट ‘नमुना नेपाल’

शनिबार, २० जेठ २०७४, १६ : २९
शनिबार, २० जेठ २०७४
काठमाडौं, जेठ २०– काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेको धुर्मुस सुन्तली फाउण्डेशनले फेरि नयाँ प्रोजेक्टको घोषणा गर्न लागेको छ । ‘नमुना नेपाल’ नाम दिइएको उक्त परियोजनाले पुरा नेपालको झल्को दिने र पर्यटन प्रबद्र्धनको लागि महत्वपुर्ण टेवा पुग्ने फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नमुना नेपाल परियोजना आफूहरुको सबैभन्दा ठूलो परियोजना र नेपाल चिनाउने अभियान समेत भएको उल्लेख गरिएको छ भने सो परियोजनाको घोषणा सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप