शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुनःमतदान गर्ने आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने  (भिडियोमा हेर्नुहोस्, ओलीको भनाई )

शनिबार, २० जेठ २०७४, १६ : ४८
शनिबार, २० जेठ २०७४
काठमाडौं, जेठ २०– प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन:मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएको छ । शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलमा बसेको स्थायी समिति बैठकले आयोगले पुनःमतदान गर्ने निर्णयले लोकतान्त्रिक मुल्य मान्यताको उपहास गरेको निष्कर्षका साथ त्यसविरुद्ध सबै प्रकारका न्यायीक उपचारको खोजी गर्ने निर्णय गरेको हो । बैठकपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष केपी ओलीले पुनःमतदान गराउने निर्णय गर्दैमा सबै कुरा सकियो भनेर नसोच्न सत्तारुढ दललाई चेतावनी दिदै त्यसबारे कानुनी उपचार खोजिने बताए । एमालेले पुनःमतदान गराउने निर्णयलाई अपराधिक नाटकको संज्ञा दिदै त्यसलाई अस्वीकार गर्ने निर्णय पनि गरेको छ । सरकारद्वारा योजनावद्ध ढंगले पुन मतदान गराउने काम भएको भन्दै उसले सो प्रक्रियामा सहभागी नहुने निर्णय पनि गरेको छ । अध्यक्ष ओलीले निर्वाचन आयोगले एउटा संबैधानिक निकायको भूमिकाअनुसार निर्वाचन गराउने दायित्व पुरा गर्नुको सट्टा दवावमा आएर लाचारी निर्णय गरेको आरोप लगाए । निर्वाचन आयोगको शनिबार बसेको बैठकले विभिन्न प्रतिवेदनबाट मतगणनास्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको भन्दै भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनःमतदान गराउने निर्णय गरेको छ । भरतपुरको वडा नम्बर १९ मा मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप