सेयर बजारः दुई अर्ब बढीको कारोबार
शनिबार, २० जेठ २०७४, १७ : ३८
काठमाडौँ, जेठ २०– धितोपत्र बजारमा यस साता रु दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ५ दशमलव ८१ प्रतिशत बढी हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ६०४ दशमलव ३१ अङ्कमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव ९४ अङ्कले घटेर ३४० दशमलव ३४ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १७ करोड ९२ लाख ५० हजार बराबरको सेयर कारोबार भएको थियो ।
कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकका दुई लाख ४७ हजार कित्ता सेयर कारोबार भएको थियो । (रासस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण