शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मानव तस्करको योजनामा कुवेतबाट देश निकाला

शनिबार, २० जेठ २०७४, १७ : ५३
शनिबार, २० जेठ २०७४
काठमाडौँ, जेठ २०– नेपाली जनप्रगतिशील मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले आफूलाई अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता पठाइएको दाबी गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीका लागि २०६३ सालमा आफू पहिलोपटक कुवेत गएको र नेपाल फर्किएर पछिल्लोपटक ६ वर्षअघि कुवेत गएर लगातार कुवेत बस्दै आएको जानकारी दिए । कुवेतमा नेपालबाट महिला तस्करी भइरहेको विषयमा आफू र आफ्नो सङ्गठनले विरोध गरेको कारण मानव तस्करले आफूलाई षड्यन्त्र गरी फसाएको उनको दाबी छ । गत चैत १८ गते कुवेतको मङ्गाप सहरबाट आफूलाई अज्ञात समूहले अपहरण गरी कुवेत प्रहरीलाई बुझाएको र आफूलाई प्रहरीले अवैध मदिरा राखेको आरोप लगाई एक महिना जेलमा राखी नेपाल फर्काइएको उनको भनाइ छ । एक महिना जेलमा रहँदा आफ्नो साथी भाइ, मालिक र वकिल कसैसँग भेट्न नदिएको उहाँले गुनासो गरे । (रासस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप