शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

देउवालाई राजपाका नेताहरुको बधाई, सरकारलाई समर्थन गर्ने संकेत

शनिबार, २० जेठ २०७४, १८ : ४४
शनिबार, २० जेठ २०७४
काठमाडौं, जेठ २०– भावी प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रिय जनता पार्टीे (राजपा)ले पनि समर्थन गर्ने संकेत गरेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा शनबार अपरान्ह भएको नेपाली कांग्रेस र राजपाका नेताबीच भएको बैठकमा राजपा नेताहरुले प्रधानन्त्रीको उम्मेदवार सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने संकेत दिएका हुन् । राजपाले उठाउदै आएको मुद्दालाई सम्बोधन गर्ने तथा संसदमा छलफलको क्रममा रहेको संविधान संशोधन विधेयकलाई पास गराउन पहल गर्ने कांग्रेसको प्रतिवद्धतापछि राजपा सरकारप्रति सकारात्मक बनेको हो । बैठकमा राजपा नेताहरुले प्रधानमन्त्रीको रुपमा देउवालाई अग्रिम बधाइ तथा शुभकामना दिएका थिए । छलफलमा राजपा नेताहरुले आइतबार बिहान बैठक बसि औपचारिक निर्णय गर्ने बताएको उपप्रधानमन्त्री एवं गृहमन्त्री बिमलेन्द्र निधिले जानकारी दिए । निधिले संविधान बमोजिम हुन लागेको प्रधानमन्त्री निर्वाचनको बैठक अवरुद्ध गर्ने एमालेको निर्णय दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले संबैधानिक निकाय निर्वाचन आयोगको निर्णयको विकल्प नभएको भन्दै सोही विषयलाई लिएर संसद अवरोध गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन् । देउवाले राप्रपा लगायत अन्य दलहरुको समर्थन जुटाउन प्रयास जारी राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप