शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गोकर्णेश्वर र अनामनगरमा जुवाखाल, लाखौं रुपैयाँसहित दश जना पक्राउ

शनिबार, २० जेठ २०७४, १९ : ०२
शनिबार, २० जेठ २०७४
काठमाडौं, जेठ २०– काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ माकलवारीमा प्रहरीले जुवाखाल भेट्टाएको छ । संखुवासभाका ४३ वर्षीय प्रेम शेर्पाको डेरा कोठामा जुवातास खेलाइरहेको अवस्थामा नगद १ लाख ७० हजार रुपैयाँ र १ बुक ताससहित ५ जनालाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित हरि थापाको घरमा जुवातास खेलाइरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय धनबहादुर रावत समेत ५ जनालाई नगद ६७ हजार ५ सय रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप