राप्रपाका बुढाहरुलाई बस्नेतको चुनौती
शनिबार, २० जेठ २०७४, १९ : २७
खोटाङ, जेठ २०– खोटाङको लामीडाँडा गाउँपालिकाको प्रमुखमा उम्मेदवारी घोषणा गर्दै २२ वर्षे युवकले बुढा उम्मेदवारहरुलाई चुनौती दिएका छन् । पार्टीकै कान्छा उम्मेदवार राज बस्नेतले गाउँपालिकाको चुनावमा पनि शैक्षिक मुद्दा अघि सारेका छन् ।
राप्रपा निकट विद्यार्थी सङ्गठनका महासचिवसमेत रहेका बस्नेतले आफ्नो घोषणापत्रमा नितान्त फरक एजेण्डा अघि सारेका छन् । अहिले राज्यका तर्फबाट एकल महिलालाई भत्ता तथा राहत उपलब्ध गराइँदै आएकामा बस्नेतले एकल पुरुषलाई भत्ता दिने प्रतिवद्धता घोषणापत्रमा उल्लेख गरेका छन् ।
यस्तै, टुहुरा बालबालिकालाई भत्ता र बच्चा जन्माएको दुइ बर्षसम्म बच्चा र आमालाई पोषण सामाग्रीसहित पोषण भत्ता दिनेदेखि शैक्षिक एजेण्डालाई चुनावी नारा बनाएका छन् ।
यसैगरी, बस्नेतले स्थानीय रावाखोलाको उच्चतम उपयोगका लागि ‘रावाको पानी धनको खानी’ भन्ने नारा अघि सार्दै भोट माग्दै हिँडेका छन् ।
२२ वर्षे बस्नेतले ‘खुबीको समिक्षा–इच्छा अनुसारको शिक्षा, विद्यार्थीको सत्ता–मासिक भत्ता, पढ्नलाई जोस–विद्यार्थी लोन कोष जस्ता रमाइला नारासमेटेर घोषणापत्र बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण