अस्पतालको कमजोरीले महिलाको ज्यान गयो, ७ महिने शिशुको विचल्ली
शनिबार, २० जेठ २०७४, १९ : ४८
बझाङ, जेठ २०– एपेन्डाइटिसको अपे्रसन गरेकी एक महिलाको जिल्ला अस्पताल बझाङमा शुक्रबार राती ज्यान गएको छ । अपे्रसन सफल भई बेडमा राखिएकी बैतडीको पुर्चौडी नगरपालीका ८ घर भएकी २४ वर्षीया निर्मला विकको कर्मचारी अभावका कारण ज्यान गएको उनका श्रीमान महेश विकले बताए । बिरामीको अप्रेसन जिल्ला अस्पतालका डा. पुर्ण घर्तीले गरेका थिए ।
अपे्रसन बेलुका ८ बजे सफल भएको थियो । यसमा डाक्टरको कमजोरी छैन । जब अपे्रसन सफल भए पछि बेडमा राखीयो अनी राती दुई तिन पटक डाक्टर र नर्सहरु आएका थिए । करीब राती ३ बजे तिर मैले छोरालाई आमाको दुध खुवाएको थिए । त्यती बेला सम्म केही पनि भएको थिएन ।
‘म पनि बाबुसंँग निदाएछु । अचानक ४ बजेतिर विउँझिए । बाबु कराउन थाल्यो । छोरा रुन थालेपछि भोकायोकी क्या हो भनेर दुध खुवाउनु पर्यो भनेर बाबुलाई कामखमा लिएर दुध तर्फ लगाउन खोज्दा, मेरो नजर सलाईन पानीमा पर्यो । सलाईन पुरै सक्की सकेको रहेछ । चढाएको सलाईन कती बेला सक्कीयो केही पनि थाहा भएन’– उनले रुँदै भने । उनको साथमा अहिले सात महिनाको छोरा छ ।
डिउटीमा रहेका कर्मचारी के भन्छन् ?
रातीको डिउटी स्टाफ नर्स अन्जु ठाकुरको थियो । ठाकुरले भने यो विषयमा आफुले पटक पटक रेखदेख गरेको दाबी गर्छिन् । उनले भनिन् – म रातभरी टिउटीमा एक्लै थिए, उनी जस्तै धेरै विरामीलाई मैले रखेदेख गर्नुपर्ने स्थिति थियो ।
राती तिन बजे सम्म पटक पटक म विक भएको ठाँउमा गएकै थिए । अचानक एउटा इर्मजेन्सी केश आयो डेलीभरीको । बच्चा पेटमै मरेको अवस्थामा केस आउदा म त्यही केस पट्टी लागे । अरु कोही पनि थिएन । त्यो केस सफल हुन बाँकी थियो । विकका आफन्तले सलाईन पानी सक्कीयो भनेर खबर गर्दा हतारमा त्यहाँ पुगे तर उनको त मृत्यु भई सकेको रहेछ । अनी मैले डाक्टरलाई खबर गरे ।
यता, जिल्ला अस्पताका ईन्डोर ईन्चार्ज लक्ष्मि शाहीले पनि कर्मचारी नै अपुग भएको बताएकी छन् । यसमा सरोकारवालाले चाँसो दिनु पर्ने र आफुले पटक पटक कर्मचारीको अभाव रहेको छ भने पनि यो विषय कुनै सरोकारवाला निकायले ध्यान नै न दिएको उनले बताइन् ।
अस्पताल प्रमुख भन्छन्– कर्मचारी अभाव छैन
जिल्ला अस्पतालका प्रमुख डाक्टर अनुप रेग्मीले भने कर्मचारी अभाव नभएको दाबी गर्छन् । केही समय कर्मचारी अभाव भएको भए पनि अहिले दरबन्दी पूरा भएको उनले बताए । एपेन्डाटिसको अपे्रसन जिल्ला अस्पताल बझाङमा अहिलेसम्म ६० भन्दा बढी सफल भएको उनको दाबी छ ।
नाबालकलाई देखेर सबैका आँखा रसाए
आमाको मृत्युपछि ७ महिनाको सानो बच्चा देखेर अस्पताल पुगेका सबैका आँखा रसाए । धेरै जस्तो महिलाहरु बालकतर्फ हेर्दै भक्कानिएर रोएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण