प्रेस सेन्टरका पत्रकारलाई विकाश पत्रकारिता तालिम
शनिबार, २० जेठ २०७४, १९ : ५७
ललितपुर, जेठ २०– नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर आवद्ध पत्रकारहरुलाई विकाश पत्रकारिताबारे प्रशिक्षण दिइएको छ । प्रेस सेन्टर ललितपुरले जिल्लामा क्रियाशील करिब ५० पत्रकारलाई शनिबार विकास पत्रकारिताबारे प्रशिक्षण प्रदान गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्र अध्यक्ष प्रचण्डको नेतृत्व सरकारले गरेका कामको जनतासम्म सूचना पुग्न नसक्दा स्थानीय तहको पहिलो चरणको निर्वाचनमा माओवादीको सन्तोषजनक नतिजा नआएको बताए ।
‘प्रधानमन्त्रीले गरेको काम राम्ररी प्रचार हुन नसेकोले चुनावमा चामल नबिकेर पिठो मात्रै विकेको भनेर भनिसक्नुभएको छ’ उनले भने, ‘त्यसैले अबका दिनमा पार्टी र सरकारले गरेका सही कामको सूचना प्रवाहमा बढी मेहनत गर्नुपर्ने देखिएको छ ।’
पार्टीले जनताका लागि सही काम गरेर देखाएपनि सूचना प्रवाहमा सही ढङ्गले परिचालन नभएको बताउँदै भने, ‘अबका दिनमा सुधार गरेर लैजानुपर्छ ।’ उनले संचार माध्यम प्रेस स्वतन्त्रतालाई स्थापित गर्न क्रियाशील हुनुपर्ने बताए । ‘सञ्चारले सहीलाई स्थापित गर्ने र गलतलाई प्रतिकार गर्नुपर्छ’ – उनले भने ।
माओवादी केन्द्र ललितपुरको इन्चार्ज हरि दाहालले छोटो समयको तयारीका साथ निर्वाचनमा होमिदा जिल्लामा पार्टीको उपस्थिति कमजोर देखिएको बताए ।
यस्तै, प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले नेपाल पत्रकार महासंघ आईएनजीओजस्तो र एजेण्डाविहिन भएकाले महासंघलाई सुधार्न प्रेस सेन्टरले सुधार गरी ट्रेड युनियनका रुपमा विकाश गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष दाहाल, उपाध्यक्ष ओम शर्मालगायतले प्रशिक्षण दिएका छन् । सांसद योगेन्द्र घिसिङको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पत्रकारलाई तालिम प्रदान गरिएको पत्रकार महासंघ, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण