शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा पर्यटक आगमनमा कमी

शनिबार, २० जेठ २०७४, २० : १०
शनिबार, २० जेठ २०७४
बिन्दुकुमार चौहान लुम्बिनी, जेठ २०– अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा सन २०१६ मई महिनाको तुलनामा सन् २०१७ को मे महिनामा बिदेशी पर्यटकको आगमनमा कमी आएको छ । सन् २०१६ को मे महिनामा पाँच हजार दुईसय ४५ जना बिदेशी पर्ययटक लुम्बिनी भित्रिएकोमा यस वर्षको मई महिनामा दुई हजार २६ सय मात्र बिदेशी नागरिक लुम्बिनी दर्शन गरेपछि गतबर्ष मे महिनाको तुलनामा यसवर्षको मे महिनामा बुद्धजन्मस्थल लुम्बिनीमा बिदेशी पर्यटकको आगमनमा कमी आएको हो । यसैगरी, बिदेशी पर्यटकहरुको बुद्धजन्म स्थल लुम्बिनी आउने क्रम घटे पनि गतवर्ष मे महिनाको तुलनामा यस बर्षको मई महिनामा आन्तरिक पर्यटकको सूचिमा रहेका नेपाली पर्यटकहरुको लुम्बिनी आगमनमा बद्धि भएको छ । सन् २०१६ को मई महिनामा २७ हजार सात सय एक जना मात्र बिदेशी पर्यटक लुम्बिनीमा भित्रिएकाले यस बर्षको मई महिनामा ९८ हजार दुईसय ७३ जना स्वदेशी पर्यटक लुम्बिनी अवलोकन गरेपछि आन्तरिक पर्यटकको लुम्बिनी आगमनमा बृद्धि भएको कोष स्थित सूचना शाखा द्वारा जारी मासिक तथ्यांकमा उल्लेख छ । यसैगरी, आन्तरिक पर्यटककै सूचिमा रहेका भारतीय पर्यटकको पनि गतबर्षको मे महिना भन्दा यस बर्षको मई महिनामा लुम्बिनी आगमनमा कमी आएको छ । सन २०१६ को मई महिनामा २४ हजार दुईसय ३३ जना भारतीय पर्यटक लुम्बिनी भित्रिएकोमा यस बर्षको मे महिनामा १६ हजार ६सय ७७ जना मात्र भारतीय पर्यटक लुम्बिनी भित्रिदा कमी आएको हो ।बुद्धजन्मथलो लुम्बिनीमा आन्तरिक तथा बाहय पर्यटकहरुको कमी आएपछि लुम्बिनी संरक्षण शुल्क वापत तेस्रो मुलुकका नागरिक सँग दुईसय रुपैया सार्क राष्ट्रका नागरिक सँग एकसय रुपैया र भारतीय पर्यटकसँग १६ रुपैया प्रति ब्यक्ति कोषले लिँदै आएको राजस्व संकलनमा पनि कमी आएको राजस्व शाखाले जनाएको छ । नेपालमा बिद्यमान राजनीतिक स्थिरता बन्दहडतालको नकरात्मक असरले गर्दा आन्तरिक तथा बाहय पर्यटकको लुम्बिनी आगमनमा कमी आएको कोष स्थित सूचनाशाखा सहायक अधिकृत राजन बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप