शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्यूठानमा धमाधम उम्मेदवारको टुङ्गो लाग्दै, प्रमुख पदमा महिलाको पहुँच पुगेन

शनिबार, २० जेठ २०७४, २० : १९
शनिबार, २० जेठ २०७४
राधिका भुसाल  प्यूठान, जेष्ठ २०– स्थानीय तह दोस्रो चरणको निर्वाचन नजिकिएसँगै दलहरु धमाधम उमेदवारी टुंगो लगाउदै प्रचारात्मक अभियानमा जुटेका छन् । उमेदवारी चयनमा महिला अधिकारका बिषयमा जति कुरा गरिंदै आइएतापनि महिला सदस्य कोटाबाहेक प्रमुख पदमा अहिलेसम्म कुनै पनि दलहरुले महिलालाइ उमेदवार बनाउन सकेका छैनन् । प्यूठानका सबैजसो पार्टीहरुले गा.पा. अध्यक्ष र न.पा. मेयर/उपमेयरका उम्मेद्धवारहरुको नाम टुंगो लगाइसकेका छन् । तर, ती उम्मेदवार मध्ये ७ गा.पा. अध्यक्ष र २ न.पा. मेयरमा कुनै पनि पार्टीका महिला नेतृहरु आएका छैनन् । कानुनले व्यवस्था गरेका पदबाहेक अन्य पदमा महिला उम्मेदवार देखा नपर्दा प्यूठान जिल्लामा यो स्थानिय तहको निर्वाचनमा महिलाको पहुँच पुग्न नसकेको प्रस्ट देखिन थालेको छ । स्थानीय तहको निर्वाचनमा प्यूठानमा महिलाको अर्थपूर्ण सहभागिता नहुनुमा महिलाहरुको क्षमता हुँदा हुंँदै पनि महिलाहरु प्रति पुरुष वा हाम्रो समाजको विश्वास नभएको जस्तो देखिएको मानव अधिकारकर्मी पार्वता आचार्य बताउँछिन् । राजनीति गर्न अगाडि झण्डा बोकेर हिड्ने महिला भए पनि निर्णायक पदमा भने पुरुष नै चाहिने गरेको उनको गुनासो छ । प्यूठान जिल्लाको हकमा हेर्दा विभिन्न सहकारी, समुह, संघसंस्था, शैक्षिक संस्था लगायतका क्षेत्रमा केही महिलाहरु देखिए पनि राजनैतिक क्षेत्रमा भने महिलाको क्षमता अनुसार नेतृत्व नपाएको जानकारहरु बताउछन् । महिलाको क्षमता छैन भन्ने हो, भने राष्ट्रपति, सभामुख, प्रमुख न्यायाधीसजस्ता जिम्मेवारी महिलाले सम्हालेको प्युठान नगरपालिका प्यूठानकी प्रतावित उपमेयर सुन्धरा केसीको तर्क छ । सबै जसो राजनैतिक तहको एजेण्डाहरु पल्टाएर हेर्दा महिला सहभागिता राम्रो देखाए पनि व्यवहारिक पक्ष हेर्दा ति एजेण्डाहरुलाई आफैले लात हानेको हुंदा यो विषयमा सम्पूर्ण प्यूठानी महिला एकजुट हुन जरुरी रहेको बताउँछिन् । प्युठान जिल्लाको नयाँ संरचना अनुसार २ नगरपालिका ७ गाउँपालिका र त्यस भित्र ६४ वटा वडाहरु छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप