शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

किशोरीले दिइन्, बाबुलाई दागबत्ति

शनिबार, २० जेठ २०७४, २० : २७
शनिबार, २० जेठ २०७४
मंगलसेन, जेठ २०– अछामको रामारोशन गाउँपालिकामा एक किशोरीले आफ्नो बुवालाई दागबत्ति दिएकी छन् । पुरुषले मात्रै दागबत्ति दिनुपर्छ र महिलाहरुले मलामी जान समेत नहुने सामाजिक मान्यतालाई तोड्दै रामारोशन–६ भटाकाटियाकी १४ वर्षीया दुर्पता बिकले आफ्ना बुवालाई दागबत्ति दिएकी हुन् । समाजका गन्य मान्य र आफन्तले समेत छोराहरु उपस्थित नभएको अवस्थामा अर्को ब्यक्तिलाई दागबत्ति दिन तयार गरेको अवस्थामा आफ्ना दाइहरुको सल्लाहमा बुवा कालुसिंह लुहारको दाहसंस्कारमा दुर्पताले दागबत्ती दिएकी स्थानीय पठानसिंह विकले जानकारी दिए । स्थानीय पुर्णचन्द्र माविमा कक्षा ७ मा अध्ययनरत दुर्पताका दुई जना दाइहरु रोजगारीको शिलशिलामा भारतमा रहेको र दाहसंस्कारमा आइनपुग्ने भएपछि बहिनीले नै दागबत्ति दिएकी हुन् । छोरीले दागबत्ती दिँदा राम्रो नहुने स्थानीयले बताए पनि कैलाशखोला नदीमै पुगेर दुर्पताले दागबत्ति दिएकी हुन् । दुर्पताका बुवा कालुसिंह लुहारको ६२ वर्षको उमेरमा उपचारका क्रममा शुक्रबार बयलपाटा अस्पतालमा निधन भएको थियो । अछाममा छोरीले दागबत्ती दिएको यो पहिलो घट्ना हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप