शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

युहाङ्ग भए लिटिल प्रिन्स, पलिस्था बनिन् लिटिल प्रिन्सेस्

शनिबार, २० जेठ २०७४, २० : ४९
शनिबार, २० जेठ २०७४
काठमाडौं, जेठ २०– लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१७ को सातौंं संस्करणमा युहाङ्ग लिम्बु र पलिस्था ताम्राकारले उपाधि हात पारेका छन् । बालबालिकाहरुमा भएका अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रातियोगिता आयोजना गरिँदै आएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा भएको प्रतियोगितामा संकल्प घिमिरे र साइब्या घिमिरेले फस्ट रनरअपको उपाधि जितेका छन् । त्यसै गरी सुहर्ष आचार्य र दिनाश्री शाहले सेकेन्ड रनरअपको अर्वाड हासिल गर्न सफल भएका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित सो प्रतियोगिताको कोरियोग्राफी राज पैmजूले गरेका थिए । उपाधीसँगै छ जनालाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले विभिन्न उपहारहरु प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप