प्रतिभा प्रदर्शनमा उत्रिए मंगोल युवती
शनिबार, २० जेठ २०७४, २१ : ००
काठमाडौं, जेठ २०– एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित मिस मंगोल नेपाल २०१७ का सहभागीले शनिबार राजधानीमा ‘मिस ट्यालेन्ट’ उपाधिका लागि आ–आफ्नो प्रतिभा देखाए । प्रतियोगीले नृत्य, गीत, पेन्टिङ, विचार अभिव्यक्ति, बाद्यवादन, अभिनय, क्यारिकेचरमार्फत प्रतिभा प्रदर्शन गरेका थिए ।
आफ्नो पालो आएपछि स्टेजमा पुगिन् धरान निवासी जेन लिम्बु । गीत गुन्जियो, ‘राम्री पनि भाकी छु ।’ गीतको तालमा उनी छमछमाउन थालिन् । त्यही प्रतियोगीता, स्टेज अनि गीतमा दुई वर्षअघि त्यही उपाधीका लागि डा. निमा पुन नाचेकी थिइन् । दुई वर्षअघि उनी प्रतियोगी थिइन भने यस पटक निर्णायक ।
प्रतियोगीतामा जेनका साथै सोफिया महर्जन, दुर्गा थापामगर, मिना लामा, निशा राई, सुरक्षा जवेगु, कन्चन योञ्जन, खुसी मगर, केट्रिन कुलुङ, नेहा खड्गीले नृत्य गरेका थिए ।
त्यसैगरी प्रेमकला राई, अरिना राई, रेनुका लामा, महिना राई, सल्मा पुन, हाङमा निङलेखु, रेभा सुनुवार र करुना पुनले पनि नृत्य नै प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मिना लामा र निशा लिम्बुले पेन्टिङ, अनिता लामा र रेश्मा मोत्तानले गीत गायन, सुविक्षा मगर, प्रिया राजभण्डारी र सारदा थापाले विचार अभिव्यक्ति एवं भुमिका थापा र तृष्णा लामाको नाट्य प्रस्तुति रहेको थियो ।
मिस मंगोल नेपालको यो नवौं संस्करण हो । यस संस्करणमा शीरमा ताज सजाउने सपनासहित विभिन्न १७ जिल्लाका ३० प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उत्रिएका छन् । प्रतियोगीतको अन्तिम प्रतिष्पर्धा जेठ २७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।
प्रतियोगीताको उत्कृष्ठ १५ मा पुग्न ट्यालेन्ट राउण्डको प्रस्तुतीलाई २५ प्रतिशत आधार मानिने भएकाले सहभागीहरु ससक्त रुपमा प्रस्तुत भएका थिए । मिस ट्यालेन्ट उपाधि विजेताले उत्कृष्ठ १५ मा सिधै प्रवेश पाउने छ ।
प्रतियोगीको प्रस्तुतीलाई चलचित्र सम्पादक नरेन्द्र खड्का, कलाकार उत्तम केसी, सञ्चारकर्मी डब्बु क्षेत्री, संगीतकार शान्तिराम राई, म्युजिक भिडियो निर्देशक विज्ञान राई र मिस मंगोल नेपाल २०१५ डा. निमा पुनले मुल्यांकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण