ओलीलाई मनाउन बालकोट पुगेका देउवा निराश भएर फर्किए
शनिबार, २० जेठ २०७४, २१ : ०९
काठमाडौं, जेठ २०– प्रधानमन्त्री निर्वाचनका लागि ब्यवस्थापिका संसदको अवरोध हटाउनेबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शनिवार बेलुका ओलीलाई भेट गरी देउवाले अवरोध हटाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री निर्वाचनका लागि व्यवस्थापिका संसद संचालन गर्न देउवाले गरेको आग्रहलाई नेकपा एमाले अध्यक्ष ओलीले ठाडै अस्वीकार गरे ।
चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्नुपर्ने माग गर्दैै निरन्तर व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्दै आएको एमाले निर्वाचन आयोगको पछिल्लो निर्णयबाट रुष्ट बनेको थियो । भावी प्रधानमन्त्रीका लागि शनिबार बिहान संसद भवन नया वानेश्वर पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका कांग्रेस सभापति देउवा साँझ एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए ।
ओली बनाउन देउवा बालकोट नै पुगे पनि उनको प्रयत्न सफल हुन सकेन । पार्टीका विश्वास पात्र विमलेन्द्र निधिको साथमा बालकोट पुगेका सभापति देउवाले भरतपुर महानगरपालिकाको निर्वाचन र प्रधानमन्त्रीको निर्वाचन भिन्न विषय भएको भन्दै संसद अवरोध फुकाउ आग्रह गरेका थिए ।
१ घण्टा ५० मिनेट भएको छलफलमा चितवनको विषयमा निकै गम्भीर र चिन्ता व्यक्त गरेका एमाले अध्यक्ष ओलीले संसद अवरोध जारी राख्ने अडान नछाडेको नेता निधिले जानकारी दिए । सार्थक नभएपछि सभापति देउवा र नेता निधि निराश भइ फर्किएका छन् ।
एमालेको शनिबार अपरान्ह बसेको स्थायी समिति बैठकले मिचाहा प्रवृतिबाट लोकतन्त्रको मुल्य मान्यता विपरित सरकार अघि बढेको निष्कर्षका साथ संसद अवरोधलाई जारी राखि निर्वाचन आयोगको निर्णय विरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण