शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ठूलो परिमाणको हातहतियारसहित एक पक्राउ

शनिबार, २० जेठ २०७४, २१ : १९
शनिबार, २० जेठ २०७४
दाङ, जेठ २०– इलाका प्रहरी कार्यालय, तुलसीपुरले ठूलो परिमाणमा हातहतियारसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ तरुलेका ६३ वर्षीय विक्रम कामी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । प्रहरीले कामीको साथबाट चारवटा पेस्तोल, दुईवटा भरुवा बन्दुक, इन्सासमा लाग्ने नौवटा गोली, एसएलआरमा लाग्ने एउटा गोली, दुई किलो बारुद, हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ । कामीलाई प्रहरीले उनको घरबाटै पक्राउ गरेको हो । प्रहरीले कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, घोराही पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप