शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काबुलमा अन्त्येष्टि समारोहमा पनि विस्फोट गराइयो, २० को मृत्यु, ३५ घाइते

शनिबार, २० जेठ २०७४, २१ : ४६
शनिबार, २० जेठ २०७४
काबुल (अफगानिस्तान), २० जेठ । अफगानिस्तानको राजधानी काबुलमा शनिवार पुनः आक्रमण भएको छ । बुधबार भएको आक्रमणमा ६४ जनाको मृत्यु हुनुका साथै पाँच नेपालीसहित ३ सय बढी घाइते भएका थिए । शनिबार सोही घटनामा मारिएकाको सम्झनामो भएको अन्त्येष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी २० जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । यसअघि विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृहमन्त्रालयका प्रवक्ता नाजिव डेनिसले दिएका थिए । हमलाकारीले अन्त्येष्टि समारोहका सहभागीलाई लक्षित गरी एक पछि अर्को गर्दै तीनवटा विष्फोट गराइएको थियो । विस्फोटपछि अत्येष्टि समारोहमा जम्मा भएकाहरुको भागदौड मच्चिएको थियो । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनीतिज्ञहरुको आवासलाई लक्षित गरी भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको थियो भने आक्रमणमा परी नेपालीसहित ३२० भन्दा बढी घाइते भएका थिए । (एजेन्सी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप