गोही आक्रामक हुने समय : नदी आसपासमा सतर्क हुन आग्रह
आइतबार, २१ जेठ २०७४, ०८ : ०८
चितवन, २१ जेठ - चितवन राष्ट्रिय निकुञ्जले अहिलेको मौसम गोहीको प्रजननको समय भएकाले नदी आसपास जानेक्रममा विशेष ध्यान दिन आग्रह गरेको छ ।
चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्डा पारेर अहिले लुकाउने समय भएकाले यो समयमा गोही थप आक्रामक हुने बताए ।
निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतको इचर्नी खोला नजिकै गोहीले मानिसलाई आक्रमण गरी हात नै चुँडेर लगेपछि निकुञ्जले नदी आसपासमा सचेत हुन भनेको हो ।
“प्रजननको समयमा आक्रामक हुने भएकाले टाढैबाट पनि गोही आउन सक्छ, अर्यालले भने – विशेष ध्यान नदिए मानिसको ज्यानै लिन्छ ।” अहिले माछा मार्ने यामसमेत नभएकाले यसतर्फ पनि निकुञ्जले ध्यानाकर्षण गराएको छ ।
गत बुधबार चितवनको कुमरोजस्थित इचर्नी खोलामा माछा मार्ने क्रममा गोहीले स्थानीयवासी प्रसाद महतोको हात नै खाइदिएको थियो । उनको अहिले भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि गएको चैतमा पनि पौडी खेल्न जाँदा चितवनको जगतपुरका अर्जुन हरिजनलाई गोहीले आक्रमण गरेको थियो । यस्ता घटना यहाँ दोहोरिरहेकाले निकुञ्जले यसतर्फ सचेत गराएको हो ।
पछिल्लो तथ्याङ्कमा चितवनको यो दुई नदीमा १ सय ६८ वटा गोही फेला पारिएको थियो । केही समयअघि यहाँ एउटा गोही जालमा अड्किएर मरेको पाइएको थियो ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण