शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पहिरोले बगायो लघुजलविद्युत् आयोजनाको पाइप

आइतबार, २१ जेठ २०७४, ०८ : १२
आइतबार, २१ जेठ २०७४
म्याग्दी, २१ जेठ - धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पहिरोले बगाएको छ । विसं २०७३ साउन ८ गते जुगेपानी भन्ने ठाउँबाट खसेको पहिरोले क्षति पु¥याएको नहरको विकल्पमा राखिएको ४० मिटर पाइपलाइन शुक्रबार साँझको वर्षापछि आएको पहिरोले फेरि बगाएको हो । पाइपलाइन राखेर मर्मत गरी पुनः सञ्चालनमा रहेको ३५ किलोवाट क्षमताको आयोजनामा पहिरोले क्षति पु¥याएपछि थप समस्या उत्पन्न भएको परियोजनाका अध्यक्ष कृष्ण गौचनले बताए । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा पाइप खरिद गरी उपभोक्ताले श्रमदान गरेर पाइपलाइन जडान गरेर परियोजना पुनः सञ्चालनको तयारी गरेका थिए । परियोजना बन्द हुँदा गत १० महिनादेखि लुलाङका ३५० घरधुरी उपभोक्ता उज्यालोका लागि सोलार र टुकी प्रयोग गर्न बाध्य छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप