चरमपन्थी हमलाले थर्थरायो बेलायतः तीन महिनामा तीन हमला
एजेन्सी
जेठ २१ – शनिबार राती लण्डनको पुलमा एक अनियन्त्रित भ्यानले पैदल हिँडिरहेका मानिसहरुलाई टक्कर दियो । उक्त घटनामा करिब २० जना घाइते भएका छन् भने एकको मृत्यु भएको छ । घटनाको सूचनापश्चात् पुलिस भारी संख्यामा घटनास्थलमा पुगेको छ । लण्डन ब्रिजमा आवतजावत रोकिएको छ । उक्त घटनालाई लण्डन पुलिसले चरमपन्थी हमलाको संज्ञा दिएको छ ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले दिएको जानकारी अनुसार पैदल हिँड्ने मानिसहरुलाई टक्कर दिएपछि भ्यानबाट तीनजना व्यक्ति १२ इन्च लामो चक्कु लिएर निस्किए । प्रत्यक्षदर्शीले त्यहाँ चक्कुले पनि हमला भएको जानकारी दिए । केहीले भने त्यहाँ गोली चलेको पनि आवाज सुनिएको बताए ।
यस्तै, पुलिसका गतिविधी लण्डन ब्रिजका साथै शहरमा दुई अन्य स्थानमा बढाइएको छ । बोरो मार्केट र वक्सहल इलाकामा थुप्रै संख्यामा पुलिस तैनाथ गरिएको छ ।
बेलायती प्रधानमन्त्री टेरिजा मेले उक्त घटनालाई सम्भावित आतंकवादी हमला बताएकी छिन् ।
बेलायतमा पछिल्लो तीन महिनामा तीन ठूला घटना भएका छन् जसले बेलायतको सुरक्षामाथि प्रश्न तेर्साएको छ ।
वेस्टमिन्स्टर हमलाः मार्च महिनामा वेस्टमिन्स्टरमा मानिसहरुमाथि कार चढाइयो त्यसपछिको चक्कु हमलामा एक पुलिसकर्मीसमेत पाँचजना मारिए । २२ मार्चमा लण्डनमा प्लेस अफ वेस्टमिन्स्टर नजिकै ५२ वर्षीय बेलायती नागरिक खालिद मसूदले पैदल हिँडिरहेका मानिसहरुमाथि आफ्नो कार चढाएका थिए । यसमा चारजना मारिएका थिए भने करिब ५० जना घाइते भएका थिए । त्यसपछि मसूदले नजिकै उभिएका एक पुलिसलाई चक्कुले हानेर हत्या गरेका थिए । पछि पुलिसले मसूदलाई गोली हानेका थिए । उनको घटनास्थलमा नै मृत्यु भयो । म्यान्चेस्टर आत्मघाती हमलाः २२ मे मा म्यान्चेस्टरमा अमेरिकी पप गायिका एड्रियाना ग्रान्डको कन्सर्टपछि म्यान्चेस्टर एरिनाको मुख्यद्वारमा आत्मघाती हमलामा २२ जनाको मृत्यु भएको थियो । उक्त हमला २२ वर्षीय सलमान आब्दीले गरेका थिए जो लिबियाली मूलका बेलायती मुश्लिम थिए । उक्त हमलामा १ सय १६ जना घाइते भएका थिए तीमध्ये धेरैजसो अहिलेपनि अस्पतालमा नै छन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण