शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘श्यामप्रसादको निधनबाट साहित्यमा अपुरणीय क्षति’

आइतबार, २१ जेठ २०७४, १० : २८
आइतबार, २१ जेठ २०७४
काठमाडौँ, २१ जेठ - वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनबाट साहित्यिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको बताइएको छ । शर्माको स्मृतिमा प्रगतिशील लेखक सङ्घले शनिबार आयोजना गरेका श्रद्धाञ्जलि कार्यक्रममा उनको सरल जीवन र जनपक्षीय विचारबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा पनि वक्ताहरूले जोड दिए । सङ्घका संस्थापक अध्यक्ष एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका साहित्यकार शर्माले राजनीति, साहित्य, पत्रकारिता र समाजसेवाका विविध आयाममा छ दशकभन्दा बढी समयसम्म योगदान दिएका थिए । शर्माको गत वैशाख २४ गते ८७ वर्षको उमेरमा काठमाडौँमा निधन भएको थियो । उनका पाँच दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरीले शर्मा जनपक्षीय विचारका प्रणेता भएको जनाउँदै प्रगतिशील साहित्यिक क्षेत्रको धरोहरको निधनबाट अपुरणीय क्षति भएको बताए। शर्माका छोरी सम्झना शर्माले प्रकाशित हुन बाँकी पाण्डुलिपिको प्रकाशनमा सबैको सहयोगको अपेक्षा व्यक्त गरिन् । कार्यक्रममा सङ्घका अध्यक्ष मातृका पोखरेल, महासचिव आरएम डङ्गोल, साहित्यकारहरू शान्तादास मानन्धर, हरिहर खनाल, राम विनय, वासुदेव अधिकारी, मित्रलाल पङ्ज्ञेनी, डा. विन्दु शर्मालगायतले श्यामप्रसादको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप