शाहरुखले आफ्नै मृत्युको ‘ब्रकिङ न्यूज’ मा दिए यस्तो प्रतिक्रिया
एजेन्सी
जेठ २१ – फ्रान्सेली वेबसाइट इल्पाइस टिभीले बलिउडका बादशाह शाहरुखको मृत्यु भएको ‘ब्रेकिङ न्यूज’ दिएको धेरै भएको छैन । शाहरुखको विमान दुर्घटनामा मृत्यु भएको भन्ने खबर सार्वजनिक भएपछि उनका प्रशंसकबिच ठूलो खैलाबैला मच्चिएको थियो । तर उक्त समाचार गलत भएको तत्काल पुष्टि भइहाल्यो ।
साथै त्योभन्दा अघि शाहरुख खान फिल्मको सेटमा घाइते भएको खबर पनि सार्वजनिक भएको थियो । सुटिङका क्रममा उनीमाथि सिलिङ खसेको पनि बताइएको छ । साथै, उनले इम्तियाज अलिको ‘राउला’ फिल्ममा पनि साइन गरेको बताइएको छ जसलाई धेरैले वास्तविक नभएको बताएका छन् ।
यो हप्तामा उनीबारे यतिधेरै खबर आइरहँदा उनले यसबारे ट्वीटरमा टिप्पणी दिएका छन् । उनले लेखेका छन्, ‘टिजिआइएफ! यस हप्ता विमान दुर्घटना हुँदासमेत बाँचियो, फिल्मको सेटमा भएको घातक दुर्घटनाबाट पनि बाँच्न सफल भएँ र इम्तियाज अलीको नयाँ फिल्मको अर्को टाइटल !’
शाहरुख खानले आफ्ना बारे सार्वजनिक भएका भ्रामक खबरलाई निकै सरल तरिकाले प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण