प्रधानमन्त्री चयन गर्न आज मतदान, संसद चल्न नदिने एमालेको अडान कायमै
आइतबार, २१ जेठ २०७४, १० : ३०
काठमाडौ, जेठ २१ – प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदमा मतदान हुदैछ । संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको कार्यसुचिअनुसार आज मतदानको समय तोकिएको हा । जसअन्र्तगत आइतबार बिहान ११ बजेदेखि प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्ने छ ।
प्रधानमन्त्रीका लागि कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । एकजनाको मात्रै उम्मेदवारी परेपनि मत विभाजनमार्फत प्रधानमन्त्री चयन गरिने छ । तर, प्रतिपक्षी एमालेले भतपुर प्रकरण देखाउदै संसद चल्न नदिने बताइसकेको छ । एमालेबाट अवरोध भए प्रधानमन्त्री चयन प्रक्रिया के होला भन्ने अन्यौल कायमै छ ।
एमालेले संसद चल्न नदिने शनिबार बसेको स्थायी समिति बैठकले गसिकेको छ । एमालेले भरतपुर प्रकरणमा निर्वाचन आयोगले गरेको निर्णयमा कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी समेत थालेको छ ।
एमालेको यस्तो चेतावनीपछि सभामखसमक्ष तीन विकल्प रहेका छन् । सभामुखले चाहेमा संसद चलाउन मार्सल लगाएर एमाले सांसद्लाई बाहिर निकाल्नसमेत सक्नेछन् । तर यो विकल्पमा सभामुख जान सक्ने अवस्था छैन । अर्को संसद स्थगन गरी निर्वाचन सार्ने र तेस्रो अवरोधकै बीच निर्वाचन प्रक्रियालाई अघि बढाउने किलप्प पनि सभामुखसँग छ ।
दलहरु आन्तरिक बैठकमा
यसैवीच राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रतिपक्ष एमाले राजपा राप्रपा लगायतका दलहरु प्रधानमन्त्री निर्वाचनको पुर्वसन्धयामा छलफलमा जुटेक हुन् । एमालेले संसद चल्न नदिने रणनीति कायम राख्दै सभामुखले आफ्नो अधिकार प्रयोग गरेर प्रधानमन्त्री निवार्चनको प्कृया अघि बढाए के गर्ने भनेर रणनीति बनाउन छलफल गरेको छ भने राप्रपा र राजपाले सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा छलफल सुरु गरेका हुन् ।
सहमति जुटाउन सभामुखको पहल
उता दुई कित्तामा उभिएका राजनीतिक दलहरुलाई सहमतिमा ल्याउन सभामुख ओनसरी घर्तीले पनि दलहरुसँग छलफल गरिरहेकी छन् । उनले ११ बजे संसद बैठकअघि प्रमुख राजनीतिक दलहरुसँग छलफल गरी सहमतिमै संसद बैठक संचालन गर्ने तयारी सभामुखको छ ।
प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल मनोनयन परेको छ भने उनको पक्षमा सहज बहुमत जुटेको छ । कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, अखण्ड नेपाल पार्टी, समाजवादी जनता दलका गरी देउवालाई ३०८ सांसद्को समर्थन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण