शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बुवा बन्ने आशामा यी व्यक्तिले बली दिए छिमेकीकी ७ महिने छोरी

आइतबार, २१ जेठ २०७४, १० : ५६
आइतबार, २१ जेठ २०७४

एजेन्सी

जेठ २१– हामी आधुनिक समाजमा बाँचिरहेका छौं । हामी कम्तीमा पनि यस्तो सोच्छौं । तर केही घटनाका कारण हामी यो सोच्न बाध्य हुन्छौं कि के साँच्चै हामी २१ औं शताब्दिमा छौं त ?

पूर्वी भारतको झारखण्डस्थित एक व्यक्तिले सात महिने बालिकाको बली दिएका छन् । यसो गर्दा भगवान आफूसँग खुसी हुने र उनी बुवा बन्न सफल हुने सोचसहित उनले यस्तो गरेका हुन् ।

झारखण्डको सेराइकेला–खार्सवान जिल्लाका एक व्यक्ति भाडोई कालिन्दि र कार्मु कालिन्दि नामका तान्त्रिकलाई पुलिसले पक्राउ गरेको छ । प्रहरी अधिकारी सन्दिप भगतका अनुसार ती दुईलाई चाइदा गाउँबाट पक्राउ गरिएको हो ।

कार्मु बालिका हराएदेखि नै फरार रहेकाले उनीमाथि पुलिसले शंका गरेको थियो त्यसकारण पुलिसले दुईजनालाई पक्राउ गरे । यी दुईले आ–आफ्ना अपराध कबुल गरेका छन् । बालिकालाई बलि दिन प्रयोग गरिएको हतियार भादोइको घरबाट बरामद गरिएको बताइएको छ भने बालिकाको शवको खोजी कार्य जारी भएको पुलिसले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप