संसद बैठकअघि ओली निवासमा एमाले बैठक, कस्तो आउला निर्णय ?
काठमाडौ, जेठ ११ – भरतपुर महानगपालिकाको मतगणनाको विषयलाई लिएर संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी एमालेले थप रणनीति बनाउन पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
एमाले अध्यक्ष केपी ओली निवासमा भएको छलफलमा प्रधानमन्त्री चयन प्रकृयमा आफ्नो भुमिका के रहने भन्नेमा केन्द्रीत भएको नेताहरुले बताएका छन् । एमाले सचिव प्रदीप ज्ञवालीले संघर्षको स्वरुप परिवर्तन गर्ने वा संसद अबरोध जारी राख्ने भन्नेमा शीर्षस्थ नेतृत्वबीच छलफल भइरहेको जानकारी दिए ।
निर्वाचन आयोगले भरतपुर महानगरको वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णयसंगै आक्रोशित भएको एमालेले आजको संसद बैठकमा खेल्ने भुमिकाले नयाँ प्रधानमन्त्री चयन प्रक्रियाबारेको अन्यौल स्पष्ट हुनेछ ।
निर्वाचन प्रक्रियामा सहभागी नभएकाले बैठक बहिष्कार गरेर अन्य प्रक्रियामा अबरोध नगर्नेबारे छलफल भइरहेको एक नेताको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण