शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुनसरीमा मतदान कार्यक्रम सम्पन्न

सोमबार, २२ जेठ २०७४, ०९ : २१
सोमबार, २२ जेठ २०७४
इनरुवा, २२ जेठ - जिल्ला निर्वाचन कार्यालय सुनसरीले बदर मत कम गर्न जिल्लाको एक स्थानमा आइतबार नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले कोसी गाउँपालिकाको नहर चोकमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको हो । गाउँका स्थानीयलाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले कोसी गाउँपालिकाको नहर चोक मतदान केन्द्रमा नमुना मतदान गरिएको हो । नमुना मतदानमा स्थानीय दलका प्रतिनिधि र केही स्थानीयको सहभागिता रहेको थियो । निर्वाचन कार्यालयले अन्य केही ठाउँमा समेत नमुना मतदान गरेको जनाएको छ । मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइराला, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक पोषराज पोखरेल, सशस्त्र प्रहरी, नेपाली सेना र अन्य सरोकारवालासहितको टोलीले मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापनलगायतका विषयमा जानकारी गराएको थियो । नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप