लण्डन हमलाको आइएसआइएसले लियो जिम्मेवारीः अहिलेसम्म १२ जना पक्राउ
एजेन्सी
जेठ २२ – आइतबार बेलुकी इराक र लेभान्तका इस्लामिक स्टेटले लण्डन हमलाको जिम्मेवारी लिएका छन् ।
शनिबार राती भएको उक्त हमलामा सातजना मारिएका छन् भने ४८ घाइते भएका छन् । जसमध्ये २१ को स्थिती चिन्ताजनक रहेको बताइएको छ ।
घटनामा संलग्न भएको आरोपमा १२ जना पक्राउ परेका छन् ।
शनिबार राती लण्डन ब्रिजमा भाडामा लिइएको एक भ्यानले पैदल यात्रुमाथि हमला गरेको थियो । त्यसपछि चक्कु लिएर भ्यानबाट निस्किएका तीनजनाले बोरोह मार्केट नजिकै रहेको बार र रेष्टुरेन्टमा आएका मानिसहरुमाथि चक्कुले हमला गर्न थाले । उनीहरु त्यतिबेलासम्म रोकिएनन् जबसम्म उनीहरुलाई पुलिसले गोली हानी हत्या गर्यो ।
‘उनीहरु ‘यो अल्लाहको लागि हो’ भन्दै एक महिलालाई भुँइमा लडाएर चक्कुले घोपिरहेका थिए,’ प्रत्यक्षदर्शी जेरार्ड भउल्सले बताए ।
फ्लोरिन मोरारिउ, ब्रेड अहेड बेकरीमा कार्यरत रोमानियाका सेफका अनुसार उनले मानिसहरु दौडिरहेको र कोही फेन्ट भइरहेको देखे । उनले दुईजनाले मानिसहरुलाई चक्कुले हमला गरिरहेको देखेपछि निकै आत्तिएको बताए ।
उनका अनुसार उनी एक आक्रमणकारीको नजिक पुगेर उनलाई ब्रेड बास्केटले टाउकोमा हमला गरेको बताए ।
‘त्यहाँ एउटा कार थियो र पुलिसले लाउडस्पिकरमा ‘जाउ जाउ’ भनिरहेको आवाज सुने । त्यसपछि पुलिसले ग्रेनेड हान्यो र म त्यहाँबाट भागें,’ उनले भने ।
लण्डन पुलिसका अधिकारीले आक्रमणकारी घटनास्थलमा आएको आठ मिनेटभित्रै उनीहरुको हत्या गरेको बताएको छ । आठ अधिकारीले ५० राउन्ड गोली फायर गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
-
पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण