सुनको भाउ स्थीर
सोमबार, २२ जेठ २०७४, ११ : ०३
काठमाडौं, जेठ २२–नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा ६ सय रुपैयाँ महंगिएको सुनको भाउ आज भने कुनै परिवर्तन भएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि नेपाली वजारमा ५५ हजार २ सय रुपैयाँ प्रतितोला सुनको कारोवार भइरहेको छ । अघिल्लो दिन पनि सोही भाउमा कारोवार भएको थियो । तर, गत साताको शुक्रबार तोलाको ५४ हजार ६ सय रुपैयाँ रहेको सुन आइतबार भने बढेको हो ।
आज चाँदीको भाउ पनि कुनै फेरवदल भएको छैन । महासंघका अनुसार चाँदी पनि आज तोलाको ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण