शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भारतमा बस र ट्रक ठोक्कियोः २२ यात्रुको जलेर मृत्यु, १५ घाइते

सोमबार, २२ जेठ २०७४, ११ : १३
सोमबार, २२ जेठ २०७४

एजेन्सी

जेठ २२ – उत्तरप्रदेशको बरेलीमा ट्रक र बस एकआपसमा ठोक्किएका छन् । ठक्करपश्चात् बस र ट्रक दुबैमा आगो लागेको छ । बसमा सवार २२ यात्रुको जलेर मृत्यु भएको छ । दुर्घटनामा १५ भन्दा बढि घाइते भएका छन् । उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि ट्रकका ड्राइभर फरार छन् ।

घटना बरेलीको बिथरीचैनपुर एरियाको हो । जानकारीका अनुसार सोमबार बिहान २ बजे एनएच–२४ माथि गोन्डा डिपोको बस दिल्लीबाट आइरहेको थियो ।

स्रोतका अनुसार बस गलत साइडमा थियो जसका कारण लखनउबाट आइरहेको ट्रकसँग ठोक्कियो । ठोक्किएलगत्तै बसको डिजेल ट्याङ्की फुट्यो जसका कारण त्यसमा आगो लाग्यो । आगो ट्रकमा पनि सल्कियो ।

दुर्घटना भएको करिब चारघण्टा पछि मृतकलाई बाहिर निकालिएको छ । आगोमा शरिर यति धेरै डढेको छ कि अहिलेसम्म कसैको पनि सनाखत हुन सकेको छैन ।

बसको पछाडिको ढोका खोलिएको भए धेरैको ज्यान बच्थ्योः

जानकारीका अनुसार दुर्घटनापछि बस पछाडिको ढोका खोलिएको थिएन । यदि खोलिएको भए सायद धेरैको ज्यान बच्न सक्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप