शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बिष्णुलाई ‘लेट मी डान्स नेपाल’को उपाधि

सोमबार, २२ जेठ २०७४, ११ : २६
सोमबार, २२ जेठ २०७४

काठमाडौ, जेठ २२ – ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को उपाधि म्याग्दीकी बिष्णु मगरले जितेकी छन् । राजधानीको प्रज्ञाप्रतिष्ठानमा आयोजित अन्तिम स्पर्धामा ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले तीन लाखसहित उपाधी जितेकी हुन् ।

त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट नेपालको संयुक्त आयोजना रहेको ‘लेट मी डान्स नेपाल सिजन–२’को फस्ट रनरअप दाङकी खिमा काउचा मगर र सेकेण्ड रनरअप धादीङका योगेश श्रेष्ठ भए । यी दुबैले ५० हजार सहित अन्य पुरस्कार जिते । त्यस्तै, थड रनरअपको उपाधि ललितपुरका अभिषेक महर्जनले भए ।

देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पु¥याउने उद्देश्यले संचलनका ल्याईएको ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को फाईनल कार्यक्रम संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस्तै, अतिथिमा कलाकार बिएस राणा, मिथिला शर्मा, नायक शुशिल क्षेत्रीलगायतको उपस्थिती रहेको थियो ।

‘भोड्का लेट मी डान्स नेपाल’को दोस्रो संस्करणका विजेताहरुलाई ५ लाख दिईएको आयोजक तथा संस्थाका अध्यक्ष क्षेडुुप लामाले बताए ।प्रतियोगीताको फाईनलमा ७० प्रतिशत भोटको आधारमा र बाँकि ३० प्रतिशत जर्जको निर्णयमा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप