निर्वाचन आयोगले बनाएको विज्ञापन विवादमा तानियो (हेर्नुस् भिडियो)
काठमाडौ जेठ २२–स्थानीय तहको दोस्रो चरणको चुनावको तयारीमा रहेको निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि तयार पारेको एउटा विज्ञापन विवादमा परेको छ ।
धुर्मुस (सीताराम कटेल) र सुन्तली (कुञ्जना घिमिरे) ले मोडलिङ गरेको मैथिली भाषाको सो निर्वाचन सम्बन्धी विज्ञापन विवादमा तानिएको हो ।
धुर्मुस र सुन्तलीले मुखमा कालो शृङ्गार लगाएर मधेशीको भेषभुषामा मैथिली भाषा प्रयोग गरी कसरी मतदान गर्ने भनि सम्झाइरहेको विज्ञापनमा देखाइएको छ ।
मैथिली भाषा विगारी बोलेर मधेशका मैथिली भाषीलाई अपमान गरेको सम्बन्धित नागरिक समाज, राजनीतिक कर्मी, पत्रकार तथा बुद्धिजिवीहरुले आरोप लगाएपछि विज्ञापन विवादमा तानिएको हो । उनीहरुले सो विज्ञापनमा रोक लगाउन पनि माग गरेका छन् ।
अधिकारकर्मी एवं अधिवक्ता दिपेन्द्र झाले मधेशमाथि विज्ञापनबाट समेत विभेद गरिएको भन्दै त्यसलाई तत्काल बन्द गर्नुपर्ने माग गरे ।
संघीय समावादी फोरम नेपालका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका सचिव शम्भु झाले मुखमा कालो पोतेर र भाषा तोडमाड गरि बनाइएको यस्तो विज्ञापन तत्काल बन्द गर्नुपर्ने माग गरे ।
बीबसीका पत्रकार जितेन्द्र झा र राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता कृष्ण सिंहले समेत सरकारीस्तरबाट भाषाको धज्जी उडाउने काम भएको टिप्पणी गरेका छन् ।
*अलोचनापछि निर्वाचन कार्यालयले अहिले भिडियो हटाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण