यति बैंकले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने
काठमाडौँ, २२ जेठ । यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ ।
ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा यति डेभलपमेन्ट बैंकले दरबारमार्ग र त्यस वरपरका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गर्न लागेको हो ।
ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गमा आज भएको कार्यक्रममा बैंकका कामु कार्यकारी अधिकृत दिपेश लम्साल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
महाशाखाका प्रमुख लामाले वार्षिक ४० देखि ४५ प्रतिशत मानिस जथाभावी बाटो काटेका कारण अकालमा मृत्यु हुने गरेको बताउँदै यसलाई कमी गर्नका लागि जेब्रा क्रसिङ बनाउन साथै मर्मत गरेर बैंकले राम्रो काम गरेको बताए । उनले भने – “सामाजिक कामका लागि सबै एकजुट हुनुपर्छ ।”
बैंकका कामु कार्यकारी अधिकृत लम्साल ट्राफिकले चालेको कदममा साथ दिन पाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गका प्रमुख प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले जेब्रा क्रसिङको निर्माणसँगै जथाभावी बाटो काट्ने प्रवृत्तिको अन्त्य हुने बताए ।
महाशाखाले एक हप्ताभित्र उपत्यकाका मुख्य सडकमा जेब्रा क्रसिङ बनाएर जेब्रा क्रसिङको प्रयोग नगर्ने यात्रुलाई कारबाही गर्ने बताएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
-
पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण