शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्ड भोलि बालुवाटारबाट लाजिम्पाट सर्ने

सोमबार, २२ जेठ २०७४, १७ : ४१
सोमबार, २२ जेठ २०७४
काठमाडौ, जेठ २२– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि जेठ २३ गते मंगलबार सरकारी निवास वालुवाटर छाड्ने भएका छन् । मंगलबार नै नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित हुने निश्चित भएपछि प्रचण्ड पुरानै निवास लाजिम्पाट सर्न लागेका हुन् । बालुवाटार श्रोतका अनुसार भोलि प्रचण्डले बालुवाटर छाड्ने भएपछि सोमबारै सरसामान लाजिम्पाट सारिएको छ । गत बर्ष साउन १९ गते ३९ औं प्रधानमन्त्रीका रुपमा दोस्रो पटक निर्वाचित भएका प्रचण्डले यो पटक दश महिना बालुवाटारमा विताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप