अपरसानी गाड २ वर्ष ६ महिनाभित्र निर्माण गरिने
काठमाडौं, जेठ २२–बझाङमा निर्माण गरिन लागेको १०.७ मेगावाट क्षमताको अपर सानीगाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको फाइनान्सिल क्लोजर सम्पन्न भएको छ । बुङ्गल हाइड्रो प्रालिले निर्माण गर्न लागेको परियोजनाको आइतबार फाइनान्सियल क्लोजर सम्पन्न भएको हो । परियोजनामा सिभिल बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले ऋण लगानी गर्दैछन् । लिड बैंक सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र बुङगल हाईडो प्रालिका तर्पmबाट उमेश श्रेष्ठले ऋण समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । परियोजनाको कुल लगानी एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ । यसमध्ये बैंकको ७५ प्रतिशत (एक अर्ब ३६ करोड) र निर्माण कम्पनीको २५ प्रतिशत (४५ करोड) लगानी हुनेछ । सन् २०१९ सेप्टेम्बर १५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । परियोजनाको ट्रान्समिसन लाइन कम्पनीले आफै निर्माण गरेर चमेलियामा लगेर जोड्ने भएकोले ट्रन्समिसन लाइनको कुनै समस्या नरहने कम्पनीले जनाएको छ ।
परियोजनामा उमेश श्रेष्ठ, शिवप्रसाद घिमिरे, खगेश्वर बोहोरा, तीर्थ चटौत, राजेश श्रेष्ठ र बिरेन्द्र मल्ल मुख्य लगानीकर्ता रहेका छन् । परियोजनाको साइडको काम सुरु भइसकेको र कन्स्ट्रक्सनको काम पनि छिट्टै सुरु हुने कम्पनीले जानकारी गराएको छ । परियोजनाको डिजाइन एञ्जल इञ्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो ।
यो समूहले बझाङमै कालङ्गा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (१५.३३ मेगावाट) र अपर कालङ्गा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (३८.४६ मेगावाट) निर्माण गरिरहेको छ । तीनवटा परियोजनामा कुल लगानी करीव ११ अर्ब रुपैयाँ हुने कम्पनीले जनाएको छ । यसमा आठ अर्ब बैंक र बाँकी निर्माण कम्पनीको लगानी हुनेछ । तीनवटा परियोजनामा १५ बैंक आवद्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
-
पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण