वातावरण जोगाउन सके मात्र संस्कृतिको संरक्षण हुने : संस्कृतविद् जोशी
काठमाडौँ, २२ जेठ । संस्कृतविद् सत्यमोहन जोशीले कला र वातावरण जोगाउन सके मात्र संस्कृतिको संरक्षण हुने बताएका छन् ।
विश्व वातावरण दिवस–२०१७ को अवसरमा सदर चिडियाखानाले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृतविद् जोशीले प्रकृति र संस्कृतिलाई जोगाउँदै वातावरण संरक्षण गरिनुपर्नेमा उनको जोड छ ।
जोशीले वर्तमान समयमा विकासको कामको सुरुवात गर्दा वातावरण र प्रकृतिलाई ध्यान दिएर मात्र गरिनुपर्ने भन्दै प्रकृतिलाई नै नष्ट गरेर विकासले गति लिन नसक्ने उनले ठोकुवा गरे ।
कार्यक्रममा ललितपुर महानगरपालिकाको प्रमुख चिरिबाबु महर्जनले वातावरण सफा राख्नु सबैको साझा कर्तव्य रहेको बताउँदै वातावरणको महत्व, आवश्यकता र संरक्षणबारे विद्यालयस्तरको शिक्षामा नै समावेश गरिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय प्रकृतिक संरक्षण कोषका कार्यक्रम निर्देशक सरिता ज्ञावलीले सुन्दर र सफा वातावरण निर्माणका लागि ध्यान दिनु आवश्यक रहेको भन्दै प्रत्येक व्यक्ति स्वयम्ले यसबारे सोच्नुपर्ने बताए ।
सदर चिडियाखानाको प्रमुख रचना शाहले जीवजन्तु पनि वातावरण सुन्दर बनाउने प्रमुख पक्ष रहेकाले तिनीहरुको संरक्षण गर्न पनि अत्यन्तै आवश्यक रहेको धारण राखे ।
‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ नामक कार्यक्रममा वर्षभरि चिडियाखानाले आयोजना गरेको संरक्षण क्षेत्र कार्यक्रमअन्तर्गत हाजिरीजवाफ, निबन्ध लेखन, वातावरण संरक्षणबारे नाटक प्रस्तुत र जन्तुलाई खाना खुवाउने तालिममा सहभागी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
-
पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण