हजुरआमाको चेतावनी पश्चात् पनि अमिताभकी नातिनीले लगाइन् बिकिनी
एजेन्सी
जेठ २२ – अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा कुनै पनि फिल्म स्टारभन्दा कम चर्चित छैनन् । उनी धेरैजसो आफ्नो तस्बिर सोसल मिडियामा हाल्ने गर्छिन् जो भाइरल भइहाल्छन् । नव्याको एक नयाँ तस्बिर सार्वजनिक भएको छ जसमा उनी बिकनी लगाएर समुन्द्रको किनारामा रमाइलो गरिरहेको देख्न सकिन्छ ।
नव्याको बिकिनी लगाएको तस्बिर पहिलो पटक सार्वजनिक भएको भने होइन । योभन्दा पहिले पनि उनी साथीहरुसँग रमाइलो गरिरहेको तस्बिर भाइरल भएको छ ।
नव्याले शाहरुखका जेठो छोरो आर्यनसँग स्कूलिङ गरेकी छिन् । दुबैलाई थुप्रै स्थानमा सँगै देखिएको छ ।
नव्या फेसनको मामलामा पनि निकै अगाडि छिन् ।
नव्याको तस्बिरका कारण उनकी हजुरआमा जया निकै रिसाउने गर्दछिन् तर श्वेता बच्चनले कहिले पनि उनीमाथि प्रतिबन्ध नलगाएको बताउँछिन् । जयाले नव्यालाई बिकिनी नलगाउन पनि चेतावनी दिएको केही मिडियाले बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण