बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको सपथ लिएपछि खादा ओढेरै देउवा किन लाजिम्पाट पुगे ?

बुधबार, २४ जेठ २०७४, २१ : ०२
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४– नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका थिए । पहिलो पटक ८ सदस्य मन्त्रिपरिषद् गठन गरेका देउवाले प्रधानमन्त्रीको सपथ लिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाट पुगे । प्रचण्डसहितको उपस्थितिमा सपथ लिएका देउवा सरकारको भावी रणनीतिबारे छलफल गर्न पुनः प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए ।  देउवा लाजिम्पाट पुग्दा आफूलाई सम्मान स्वरुप लगाइदिएको खादा समेत निकाल्न भ्याएका थिएनन् । पहिलो पटक ८ सदस्य मन्त्रिपरिषद् गठन गरी प्रधानमन्त्रीको कार्यभार सम्हालेका देउवाले छिट्टै नै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा पनि प्रचण्डसँग छलफल गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । सरकारलाई समर्थन गरेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी सरकारमा सहभागिता गराउनेबारेमा पनि दुई नेताबीच छलफल भएको छ । संविधान संशोधन प्रक्रियालाई तत्कालै अघि बढाएर दुई मधेसवादी दललाई पनि सरकारमा सहभागिता गराउनेबारे छलफल गर्नुका साथै दोस्रो तहको स्थानीय चुनावकाबारेमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको लाजिम्पाट स्रोतले जनाएको छ । दुवै नेता निकै गम्भीर मुद्रामा देखिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप