बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसरी मनाउँदै छ, लोकसेवाले आफ्ने वार्षिकोत्सव

बुधबार, २४ जेठ २०७४, २१ : १२
बुधबार, २४ जेठ २०७४
काठमाडौँ, जेठ २४ – लोकसेवा आयोगले विभिन्न कार्यक्रम गरी असार १ गते ६७ औँ वार्षिकोत्सव मनाउने भएको छ । ‘लोकसेवा आयोगको प्रतिबद्धता, योग्यता, निष्पक्षता र समावेशिता’, ‘लोकसेवा आयोगको दृढ अठोट, स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धात्मक छनोट’ र ‘लोकसेवा आयोगको अग्रगामी सोच, आधुनिक परीक्षण प्रविधिको प्रयोगबाट योग्यतम् व्यक्तिको छनोट’ भन्ने तीन वटा नाराका साथ असार १ गते ६७ औँ वार्षिकोत्सव मनाउन लागिएको हो । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित आयोगको ६७ औँ वार्षिकोत्सवसम्बन्धी कार्यक्रममा सचिव महेन्द्रमान गुरुङले आयोगको वार्षिकोत्सव कार्यक्रमको प्रचारप्रसारमा मन्त्रालयका तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप