बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वेता साउनमा दयाहाङकी कान्छी बन्ने

बुधबार, २४ जेठ २०७४, २१ : ३४
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४ –‘कोहिनुर’ पछि अभिनयबाट टाढा रहेकी अभिनेत्री श्वेता खड्का अभिनयमा फर्कने पक्कापक्की भएको छ । आफ्नै ब्यानरमा बन्ने चलचित्र ‘कान्छी’बाट उनी अभिनयमा फर्कन लागेकी हुन् । अभिनेता दयाहाङ राइसँगको स्क्रिन शेयर गर्दै उनी अभिनयमा फर्कने भएकी हुन् । केही पहिले जेठको अन्तिम साताबाट सुरु हुने भनिएको चलचित्रको छायाँकन अहिले साउनमा पुर्याइएको छ । केही दिन पहिले माझी बस्ती सिल्यान्यास गरेकी स्वेताले परियोजना तथा बर्षादको समय भएकोले चलचित्रको छायाँकन साउन पुर्याइएको बताइन् । उनले भनिन् ‘अहिले मेरो प्रथामिकता चलचित्र भन्दा पनि माझी बस्ती रहेको छ ।’ काया फिल्मस्को व्यानरमा निर्माण हुने ‘कान्छी’लाई आकाश अधिकारीले निर्देशन गर्नेछन् । पति श्रीकृष्णको शोकका कारण उनले ‘कोहिनुर’ पछि कुनैपनि चलचित्र अभिनय गरेकी छैनन् । कान्छी नामको चलचित्र धेरै पहिले निर्माण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप