ट्रिपरको ठक्करले दाईको मृत्यु भाई घाइते
बिहीबार, २५ जेठ २०७४, ०७ : २६
हेमराज ढकाल
जेठ २५, भक्तपुर - आज (बिहीबार) बिहान करिब २ बजेतिर भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मध्यपुर थिमी –३ गठ्ठाघर नजिकै ट्रिपरको ठक्करबाट चाँगुनारायण नगरपालीका– २ का २५ वर्षीय निरज मल्ल ठकुरीको मृत्यु भएको हो ।
रातोपाटी संवाददाताका अनुसार:
-काठमाडौंबाट भक्तपुर आउदैं गरेको बा.४ ख ८१८० ट्रिपरले बा. ७० प ३३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दियो ।
-मोटरसाइकलमा सवार ठकुरी घाइते भए ।
-उनलाई उपचारको लागि बि एण्ड बि अस्पताल भर्ना गरियो ।
-उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भयो ।
-घटनामा मोटरसाइकलमा सवार उनका भाई (२२ वर्षीय) अजय मल्ल ठकुरी घाइते भएका छन् ।
-ट्रिपर चालक सिन्धुपाल्चोक स्थायी घर भए हाल काठमाडौं चावहिल बस्ने गोविन्द गिरी रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रिपर र चालक गिरीलाई प्रहरीले नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडी बढाएको महानगरीय प्रहरी परिसर भक्तपरका डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण