बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाचिदेउ नाचिदेउ भन्दै यसरी खुलिन् निरुता

बिहीबार, २५ जेठ २०७४, ०७ : ५५
बिहीबार, २५ जेठ २०७४
काठमाडौं - अहिलेकी चर्चित तथा हट मोडल निरुता क्षेत्रीको अभिनय तथा नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको छ । नाचिदेउ नाचिदेउ बोलमा रहेको आइटम गीतमा निरुता खुलेरै नाचेकी छन् । निरुतालाई भिडियोमा कृष्ण पराजुलिले साथ दिएका छन् । महेश शाहीको स्वर तथा संगीत रहेको गीतमा मिना निरौलाले पनि आवाज भरेकी छन् । सत्यराज चौलागाईको निर्देशन र सुरेन बसेलको कोरियोग्राफमा तयार भएको भिडियोलाई संकल्प भुजेलले खिचेका हुने भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । राजधानिमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता राम्रो ब्युटीसियन पनि हुन् । कलाकारिता र आफ्नो पेशा लाई संगै अघि बढाएकी निरुता गायनको साथसाथै मोडलिङमा समेत सक्रिय हुन थालेकी छन् । बर्दिया स्थायी घर भई राजधानीमा बसेर संघर्षरत निरुता मोडलिङ तथा कलाकारीतामा रमाइरहेकी छन् । उनी भन्छिन् गायन तथा कलाकारिता मेरो सानै देखिको रुचि हो । भविष्यमा सफल कलाकार बन्ने उनको लक्ष्य छ । गीत हेर्नुहोस् : https://www.youtube.com/watch?v=SQxpr50IqKg&t=5s  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप