सेनाको जहाज दुर्घटना: १०६ यात्रु सवार जहाजको भग्नावशेष आन्डमन सागरमा फेला
बिहीबार, २५ जेठ २०७४, ०८ : १४
-एजेन्सी
जेठ २५, यांगुन - एक सयभन्दा बढी यात्रु बोकेको म्यानमार सेनाको हराइरहेको विमानको भग्नावशेष आन्डमन सागरमा फेलापरेको छ । बुधबार दिउँसो म्यानमारको दक्षिणी सहर मिइकबाट यांगुनका लागि उडेको वाई–८ एफ–२०० विमान दिउँसो एक बजेर ३५ मिनेट जाँदा आन्डमन सागरमाथि पुगेपछि सम्पर्कविहीन भएको थियो । विमानमा १ सयभन्दा बढी सैनिक र उनीहरूका परिवार सवार थिए । ट्राफिक कन्ट्रोलरसँग विच्छेद भएपछि नौसेनाका जहाजले विमान खोजी गरेका थिए ।
‘दक्षिणी मिइकबाट १३६ माइलको दूरीमा रहेको समुद्रमा नौसेनाले दुर्घटनाग्रस्त विमानका टुक्राहरू फेलापारेका छन्,’ मिइक सहरका पर्यटन व्यवसायी नेइङ लिन जाले बताए । नौसेनाले समुद्रमा खोजीकार्य तीव्र पारेको पनि उनले बताए । विमानभित्र कति यात्रु थिए भन्ने यकिन तथ्यांक सार्वजनिक भइसकेको छैन । म्यानमारको कमान्डर इन चिफको कार्यालयका अनुसार विमानभित्र चालक दलका १४ सदस्यसहित १०६ यात्रु थिए । यात्रुमध्ये अधिकांश सिपाही र उनीहरूका परिवार थिए । उनीहरूमध्ये एक दर्जनभन्दा बढी बालबालिका थिए ।
बेपत्ता विमानको खोजीका लागि चारवटा जलसेनाका र दुईवटा हवाई फोर्सका विमान परिचालन गरिएको थियो । म्यानमारमा अहिले वर्षात् मौसम सुरु भइसकेको छ । तर, दुर्घटनाको समयमा आकाशमा कुनै खराब मौसम नदेखिएको बताइएको छ । ‘विमानमा प्राविधिक समस्या आएको हुनुपर्छ, विमान उडेको आकाशमा मौसम सफा थियो,’ विमानस्थल स्रोतको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । चीनमा निर्मित सो विमानलाई म्यानमारको सेनाको सामान ओसारपसारका लागि प्रयोग गथ्र्यो । सो विमान सेनाले गत वर्षको मार्चमा किनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण