बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चुनावी चहलपहल बढ्यो पाल्पामा

बिहीबार, २५ जेठ २०७४, ०८ : ५८
बिहीबार, २५ जेठ २०७४
रामपुर पाल्पा - आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी चहलपहल पाल्पामा पुनः सुरु भएको छ । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति एक महिना पछि सरेपछि केही समय सुनसान बनेको चुनावी चहलपहल अहिले पुनः बढेको छ । असार १४ गतेको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ता चुनावी माहोल बनाउनमा व्यस्त छन् । जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० लगायतका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामा चुनावी सरगर्मीले ढपक्कै ढाकेको छ । गाउँ गाउँमा दिनहुँ विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता कार्यकर्ता गाउँ पस्दा गाउँ नै अहिले चुनावमय बनेको छ । उनीहरु आआफ्ना पार्टीका एजेन्डा, कार्ययोजना बोकेर मतादातासमक्ष भोट माग्न थालेका छन् । स्थानीय तहको निर्वाचनपछि जनताका समस्या, गाउँका विकास निर्माण, सडक, खानेपानीलगायतका समस्याको समाधान हुने आशामा यहाँका मतदाताले पनि यस पटकको निर्वाचनलाई विशेष महत्वका साथ लिन थालेका छन् । निर्वाचनका लागि भोट माग्न गाउँ पुगेका उम्मेदवार, नेता कार्यकर्तासमक्ष मतदाताले भने गाउँका समस्या, सडक, खानेपानी, बिजुलीको समस्या समाधान हुने भएमा मात्र भोट दिने निस्दी गाउँपालिका–२ सहलकोटका दिलबहादुर रानाको भनाइ छ । “पहिला पहिलाको चुनावमा झुटा आश्वासन दिएर नेताहरु चुनावी प्रचारप्रसार गर्न गाउँ आए, अब झुटा आश्वासन होइन, राम्रो एजेन्डा लिएर गाउँको विकास गर्नेलाई मात्र भोट”, उलने भने । जिल्लामा मुख्यरुपमा क्रियाशील नेपाली काँग्रेस र एमालेबीच यस पटकको चुनावमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा उत्रिएका विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता कार्यकर्तालाई चुनावको प्रचारप्रसार गर्न भ्याइनभ्याइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप