बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१२२ यात्रु बोकेको सैनिक विमानको भग्नावशेष र शव फेला

बिहीबार, २५ जेठ २०७४, १० : ४०
बिहीबार, २५ जेठ २०७४

बीबीसी

जेठ २५ – १२२ यात्रु बोकेको सैनिक विमानको भग्नावशेष र शव फेला परेको बर्मेली सैनिकले जानकारी दिएको छ ।

भग्नावशेष र शव दुबै अन्दामान समुन्द्रमा भेटिएको बारे सेनाले फेसबुकमा एक बयान जारी गर्दै बताए ।

चीनमा बनेको Y-8 विमानले  १४ चालक दलसहित १ सय ६ जना आर्मी जवान, परिवारका सदस्य र बालबालिका बोकेको थियो ।

दक्षिणी शहर मेइककाट याङ्गोनको लागि उडेको उक्त विमान बुधबार उडेको आधाभित्रै सम्पर्क विच्छेद भएको थियो ।

सैनिकका अनुसार खोजी दलले बिहिबार बिहान एक पुरुष, महिला र बच्चाको शवका साथै विमानको पाङ्ग्रा, थुप्रै लाइफ ज्याकेट र लगेज भेटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप