जनप्रतिनिधिमाथि भ्रष्टाचारको आरोप, लाखौं हिनामिना गरेको स्थानीयको गुनासो
हेमन्त न्यौपाने
जाजरकोट, जेठ २५– जनप्रतिनिधिले विद्यालयमा व्यापक अनिययमितता गरेको भन्दै जाजरकोटको शिवालय गाउँपालिकाका वडा नं ६ का स्थानीय आन्दोलित बनेका छन् ।
आन्दोलित स्थानीयले स्थानीय ईन्द्रज्योति माविमा तालावन्दी गरेका छन् । विद्यालयमा कामै नगरी भ्रष्टाचार गरेको, विभिन्न शिर्षकमा आएको रकम आफुखसी खर्च गरेको लगायतका आरोप लगाउदै विद्यालयमा तालावन्दी गरिएको संघर्ष समितिका संयोजक कृष्णवहादुर शाहीले वताए ।
तत्कालिन प्रधानाध्यापक तथा हालका शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले विद्यालयको लाखौ रकम अनियमितता गरेको स्थानीयले बताएका छन् ।
शाहीले २०६८,६९ सालमा साविकको गाउँविकास समिति थालारैकरवाट उच्चमावि सञ्चालनका लागि ल्याईएको १२ लाख ९७ हजार अनियमितता गरेको स्थानीयको भनाई छ । त्यस्तै २०७२ ,७३ मा सांसद रिता रावलले सांसद विकास कोषमार्फत उपलव्ध गराएको रु १ लाख ७२ हजार र खेलकुद विकास समितिले दिएको १० लाख गरी झण्डै २५ लाख रुपैयाँ भ्रष्टचार भएको स्थानीयको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालय समेतलाई तालावन्दीबारे जानकारी गराएको र सवै हिसाव नभएसम्म ताला नखोल्ने संर्घष समितिका संयोजक शाहीले वताए । आरोपति शाहीले भने पुर्वाग्रका आधारमा आफुमाथि आरोप लगाइएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण