बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाजुराको गुम्बामा मतदान केन्द्र थप

आइतबार, २८ जेठ २०७४, १० : ०६
आइतबार, २८ जेठ २०७४
बाजुरा - बाजुराको सर्वाधिक विकट बिच्छँया गुम्बा गाउँका बासिन्दाले गाउँमा मतदान केन्द्र हुने भएपछि यसपालिको स्थानीय चुनावमा भाग लिन पाउने भएका छन् । मत हाल्नका लागि बास बस्नेगरी खानेकुरा बोकेर जानुपर्ने बाध्यता भन्दै गाउँमा मतदान केन्द्र हुनुपर्ने जनताको मागलाई जिल्लाका राजनीतिक दल जिल्ला निर्वाचन कार्यालयको ध्यान जान सकेको थिएन । गाउँको राजनीतिक पहुँच कम भएकाले त्योबेला कसैले सुनिदिएनन् । मत हाल्न अप्ठ्यारो भन्ने समाचार सार्वजनिक भएपछि निर्वाचन कार्यालय, बाजुराले पनि अहिले भने व्यवस्था गरेको स्थानीयवासीले बताएका छन् । बाजुरा जिल्लामा रहेको निर्वाचन कार्यालय, बाजुराका अनुसार जेठ २६ गते मतदान केन्द्र थप गर्न निर्वाचन आयोगले चिठी पठाइसकेको छ । अहिलेको स्थानीय चुनावमा स्थानीय गाउँमै मतदान केन्द्र हुनेमा ढुक्क छन् । गुम्बा गाउँमा ३० मतदाता रहेका छन् र ३० मतदाताले यसपालि मत हाल्न पाउने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप