बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आफ्नो पक्षमा आदेश नआएपछि दोलखा एमालेद्वारा अदालतविरुद्ध प्रदर्शन

आइतबार, २८ जेठ २०७४, १४ : ४०
आइतबार, २८ जेठ २०७४

काठमाडौं, जेठ २८–जिल्ला अदालत दोलखाले जुगु घटनामा त्रुटिपूर्ण आदेश गरेको भन्दै एमाले कार्यकर्ताले सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन् । गत वैशाख २६ गते स्थानीय निर्वाचनको चुनाव प्रचारका क्रममा दोहोरो झडप हुँदा गौरिशंकर गाउँपालिका–१ का कुलबहादुर तामाङ्गको मृत्यु भएको थियो । एमालेका तर्फबाट वडा सदस्यका उम्मेद्वार गोरे तामाङ्गका छोरा समेत रहेका कुल बहादुरलाई माओवादी कार्यकर्ताले हत्या गरेको भन्दै मृतकका परिवारले ४० जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएका थिए ।

घटनापछि प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । शुक्रवार सो मुद्धाको सुनुवाई गर्दै जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले थुनामा रहेका सवैलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएका थिए । न्यायाधीश श्रेष्ठले यस्तो आदेश गरेसँगै आईतबार एमाले कार्यकर्ताले सदरमुकाम चरिकोटमा प्लेकार्ड सहित न्यायालयबिरुद्ध मौन जुलुस निकालेको बताइएको छ ।

मौन जुलुसपछि सातदोबाटो चोकमा मृतकका आफन्तलाई राखेर पत्रकार सम्मेलन गर्ने भन्दै जिल्लामा क्रियाशिल पत्रकारहरुलाई निमन्त्रणा गरिएको पत्रकार लक्ष्मण खड्काले जानकारी दिए ।

मृतकका परिवारले पुर्व मन्त्री देवी खड्का, विशाल खड्का, गंगा कार्की (विश्व) समेतलाई कर्तब्य ज्यानको अभियोगमा किटानी जाहेरी दिएका थिए । जुगुमा उक्त घट्ना घटेको दिन गंगा कार्की पार्टी विशेषको कामले रामेछाप गएको तथा विशाल खड्का चरिकोटमै रहेको माओवादी केन्द्रले दावी गर्दै आएको छ । गत विहीबार जिल्ला अदालतमा थुनछेक बहस हुँदै गर्दा पनि एमालेले अदलतको गेटमा मृतकका परिवार र स्थानीय निकायमा भर्खरै निर्वाचित प्रतिनिधि राखेर धर्ना दिएको पत्रकार खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप