सिंगापुरमा दयाहाङ र केकीको ‘घामपानी’
काठमाडौं, जेठ २८ – समिक्षक समेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ सिंगापुरमा प्रदर्शन गरिएको छ । शनिबार सिंगापुरको कार्निभल चलचित्र भवनमा गरिएको प्रदर्शनमा दर्शकको उल्लेख्य सहभागतिा रहेको थियो ।
पहिलो सो निकै उत्साहजनक भएका कारणले आज समेत चलचित्रको अर्काे एक सो हुने निर्देशक लामाले फेसबुक मार्फत जानकारी दिएका छन् ।
केही पहिले प्रदर्शनमा आएको चलचित्रले स्वदेशमा राम्रो ब्यवसाय गरेको थियो ।
स्वदेश प्रदर्शनमा बौद्धिक बर्गसम्मलाई खुसी पार्न सफल यो चलचित्र ‘घामपानी’मा दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङलगायतको मुख्य भूमिका रहेको छ ।
अन्तर्रजातीय प्रेमकथा र युवाहरुको संघर्षको कथा उठाइएको चलचित्र सिनेमा आर्ट, हाइलाइट्स नेपाल र टचलाईट प्रोडक्सनले मिलेर बनाएका हुन् । चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण